कोलकातामा बरामद सुन नेपाल ल्याउन कूटनीतिक पहल

कोलकातामा बरामद सुन नेपाल ल्याउन कूटनीतिक पहल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले भारतको कोलकातामा ३३ केजी सुन सहित पक्राउ तीन नेपालीलाई अनुसन्धानका लागि नेपाल ल्याउन कूटनीतिक पहल थालेको छ । बरामद सुनसँगै पक्राउ परेका तीन जनालाई नेपाल ल्याउन गृह मन्त्रालयले परराष्ट्रलाई पत्र लेखिसकेको छ । कूटनीतिक च्यानलबाट आउन भारत सरकारले भनेपछि गृहले यस्तो पहल थालेको हो ।

‘कोलकातामा ३३ केजी सुनसँगै पक्राउ तीन नेपालीको सम्बन्धमा हामीले बुझ्न खोजेका हौँ । घटनाबारे थप बुझ्न प्रहरी नै त्यसतर्फ खटाउन पहल पनि भएको हो । तर पछि भारत सरकारले कूटनीतिक च्यानलबाट आउन भन्यो । त्यस लगत्तै गृहले परराष्ट्रलाई पत्र लेखेको छ,’ गायब ३३ केजी सुन र सनम शाक्य हत्या अनुसन्धान गर्न सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिका एक सदस्यले भने ।
नयाँ पत्रिकाबाट

Logo