स्मार्ट लुब्रिकेन्ट्सको तेस्रो वार्षिक साधरणसभाका लागि सञ्चालक र डिलरहरू थाइल्याण्ड प्रस्थान

स्मार्ट लुब्रिकेन्ट्सको तेस्रो वार्षिक साधरणसभाका लागि सञ्चालक र डिलरहरू थाइल्याण्ड प्रस्थान

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । स्मार्ट लुब्रिकेन्ट्सका सञ्चालक र केही डिलरहरू थाइल्याण्ड प्रस्थान गरेका छन् । कम्पनीको तेस्रो वार्षिक साधारणसभा थाइल्याण्डको बैंककमा हुने भएपछि उनीहरू त्यहाँ गएका हुन् ।

उनीहरू २६ गतेसम्म बैंककमा रहने कम्पनीका कार्यकारी निर्देशक मोहन बराइलीले बताएका छन् । स्मार्ट लुब्रिकेन्ट्सले अहिले नेपालमै उच्च गुणस्तरको लुब्रिकेन्ट्स उत्पादन गर्दै आएको छ ।

कार्यकारी निर्देशक मोहन बराइलीका अनुसार यस वर्ष झन्डै ३० प्रतिशत हाराहारीमा बिक्री बढेको छ । कम्पनीले हाल ग्रिज गियर आयल, इन्जिन आयल, हाइड्रोलिक आयल, कुलान्ट जस्ता उत्पादनहरू बजारमा बिक्री गर्दै आएको छ ।

‘सञ्चालनमा आएको छोटो समयमा नै ग्राहकको बिश्वास जित्न सफल ब्राण्डको रुपमा स्मार्ट लुब्रिकेन्टस् स्थापित भएको छ’ उनले भने, ‘आजका दिनमा यस उद्योगले विशेष गरी ग्रीज , ईजिन आयल, हाइड्रोलिक र गीयर आयल सहित करिब ४० देखि ४५ प्रकारका लुव्रिकेन्ट्स उत्पादन गर्दै आइरहेको छ । यी उत्पादनको बिक्री वितरण सहज बनाउन मेचिदेखि महाकालीसम्म नेटवर्क बिस्तार भइसकेको छ ।’

झापामा उद्योग स्थापना गरी उत्पादन हुँदै आइरहेको यो ब्राण्डले पछिल्लो समय नेपाली लुव्रिकेन्ट्स व्रान्डमा अलग छाप पार्न सफल भएको छ बराइलीले दाबी गरे ।

Logo