काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स नदिन सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । लाइसेन्स वितरण गर्ने प्रक्रियामा कानुनी त्रुटि भएको भन्दै सर्वोच्चमा मुद्दा दर्ता भएको हो ।
मंगलबार कृष्ण बहादुर थापाले अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रतिवादी बनाएर रिट दायर गरेका हुन् ।
धितोपत्र बोर्डबाट जारी भएको धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८, संविधानको धारा १, धारा ४६, धारा १६२ समेतका संवैधानिक प्रावधान र त्यसमा अन्तर्निहित सिद्धान्तहरुसँग बाझिएको हुँदा संविधानको धारा १३३९१०, ९२० र ९३० बमोजिम अमान्य गर्न माग दाबी गरेका छन् ।































प्रतिक्रिया