उपचार गर्न गएका आमा-छोरा मृत फेला, छोराको हत्यापछि आत्महत्या गरेको आशंका

उपचार गर्न गएका आमा-छोरा मृत फेला, छोराको हत्यापछि आत्महत्या गरेको आशंका

केन्द्रबिन्दु
0
Shares

रुकुमकोट । रुकुम पूर्वमा एक महिला आफ्नो नाबालक छोरासहित मृत फेला परेकी छिन्। सिस्ने गाउँपालिका वडा नं. ६, रुकमकोटकी ३० वर्षीया रेनुका बिसी शाह र उनका २० महिने छोरा एटियम शाह शनिबार बेलुका गाउँ नजिकैको जंगलमा मृत फेला परेका हुन् । को प्रहरीले बताएको छ।

गत पुस २६ गते उपचारका लागि नेपालगञ्ज जाने भनेर घरबाट निस्किएकी आमा-छोराको शव शनिबार बेलुकी घरदेखि झण्डै साढे ३ किलोमिटर पर उदिनढुङ्गा जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए। छोरा झुण्डिएको अवस्थामा र आमा भूइँमा लडेको अवस्थामा फेला परेको हो।

रेनुकाको घाँटीमा डोरी रहेको र उक्त डोरी त्यो रुखबाट चुँडिएको हुनसक्ने डीएसपी तिम्सिनाको भनाई छ। प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापश्चात आमाले पनि आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ, तर घटनाबारे विस्तृत जानकारी भने पोष्टमार्टम र थप अनुसन्धानपछि मात्रै खुल्ने बताईएको छ।

उनले आफूले प्रयोग गर्ने मोवाइल पनि घरमै छाडेकी थिइन्। जंगलमा दाउरा लिन जंगल गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

Skip This
Skip This
Logo