राष्ट्रिय खेलकुद परिषद्मा पर्याप्त मात्रामा इन्जिनियर छैनन्ः मन्त्री चौधरी

राष्ट्रिय खेलकुद परिषद्मा पर्याप्त मात्रामा इन्जिनियर छैनन्ः मन्त्री चौधरी

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालय अन्तर्गत प्राविधिक इन्जिनियरहरू नरहेको बताएका छन् । बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले राष्ट्रिय खेलकुद परिषद्मा पनि प्रयाप्त मात्रामा धेरै इन्जिनियरहरू नरहेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो समस्या भनेको हामीसँग खेलकुद मन्त्रालयअन्तर्गत प्राविधिक इन्जिनियरहरू पर्याप्त मात्रामा छैनन् । हाम्रो राष्ट्रिय खेलकुद परिषद्मा समेत इन्जिनियरहरू छैनन् । करारमा लिएर काम सञ्चालन गरिरहेका छौँ । करारमा ल्याए पनि इन्जिनियरहरूको ठूलो कमी महसुस भएको छ ।’

यसैगरी उनले नेपाली खेलकुद क्षेत्र अगाडि बढिरहेको बताए । उनले नेपाल किक्रेटले आफ्नो लयलाई अगाडि लाँदै गर्दा आर्थिक आर्जन राम्रोसँग गर्न सकिरहेको बताए ।

उनले भने, ‘खेलकुद अहिले निकै नै अगाडि बढिरहेको छ । जुन किसिमको नेपालमा किक्रेटले आफ्नो राम्रो लयलाई अगाडि बढाएर आर्थिक आर्जन गरिरहेको छ । यसरी नै खेल क्षेत्रले आर्थिक क्षेत्रमा विकास गर्न सक्छ । पर्यटनका क्षेत्रमा विकास गर्न सक्छ । खेलकुद खेलेर पनि बाच्न सकिन्छ यस्ता कुराहरू अगाडि बढिरहेका छन् ।’

Skip This
Skip This
Logo