काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (एमाले) र नेकपा )माओवादी केन्द्र) का अध्यक्षबारे टिप्पणी गरेका छन् ।
भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली अलि बढी खुला र प्रस्ट भएको तर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सदा झैँ कुटिल र छद्म रहेको टिप्पणी गरेका छन् ।
मंगलबार सम्पन्न पार्टीहरूको केन्द्रीय कमिटी बैठकलाई लिएर पूर्वप्रधानमन्त्री भट्टराईले ‘ओली र प्रचण्डका (कम्युनिष्ट) पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रुसी पार्टीको झल्को आएको’ टिप्पणी गरेका हुन् । उनले कम्युनिष्ट पार्टीहरूको बाहिरी रूप समाजवादी र भित्रि सार नोकरशाही पुँजीवादी रहेको बताएका छन् ।
आइतबार सुरु भएर मंगलबार सकिएको एमाले र माओवादीको केन्द्रीय कमिटी बैठकमा दुवै दलले आ–आफ्ना प्रतिवेदन पारित गरेका छन् । एमालेले आइतबार नै राजनीतिक र सांगठनिक प्रतिवेदन सार्वजनिक गरेको थियो । तर माओवादी केन्द्रले अध्यक्ष प्रचण्डले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन पारित नभएससम्म सार्वजनिक नगर्ने बताएको छ ।































प्रतिक्रिया