रवि लामिछानेलगायतको थुनछेक बहस सकियो, आजै आदेश आउनसक्ने

रवि लामिछानेलगायतको थुनछेक बहस सकियो, आजै आदेश आउनसक्ने

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्धामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएको छ ।

आज कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलले जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो। सरकारी वकिल कार्यालयतर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले बहस गरेका थिए । अब आजै आदेश आउनसक्ने सम्भावना प्रबल बनेको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ५१ करोड बिगो माग दाबीसहित पुस ५ गते थप र ७ गते पुरक अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

Logo