मुगुको विकट गाउँमा राष्ट्रिय प्रसारण लाइन जोडियो, गाउँमा खुशीयाली

मुगुको विकट गाउँमा राष्ट्रिय प्रसारण लाइन जोडियो, गाउँमा खुशीयाली

केन्द्रबिन्दु
63
Shares

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिकाभित्रका दुई विकट वडामा विद्युत सेवा पुगेको छ । छायाँनाथ रारा नगरपालिका १० र ११ वडामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको हो ।

छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा तथा गमगाढ विद्युत बितरण केन्द्र गमगढीको प्राविधिक सहयोग एवं सहजिकरणमा वडा नम्बर १० र ११ का गाउँमा विद्युत सेवा पुगेको छ ।

छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बुधबार एक कार्यक्रमबीच दुवै वडामा रहेका विद्युतका स्वीच दबाएर १० र ११ का गाउँबस्तीमा विद्युतीकरण भएको औपचारिक उद्घाटन गरेका हुन् ।

वर्षौदेखि अन्धकारमा बस्न बाध्य भएका स्थानीयलाई विजुली आएसँगै दैनिक जनवीजनका काममा सहजता आउने नगर प्रमुख भामले बताए । ‘अब बिजुली आयो अन्धकारमा बस्नु पर्दैन, दियालोको भर पर्नुपर्दैन । अब विद्यार्थीलाई टुकी बालेर पढ्नुपर्दैन । चुनावी घोषणामा साविकको रोवा गाविस र हालको छायाँनाथ रारा नगरपालिकामा बत्ति पुर्याउने बाचाका साथ दुवै वडामा पुगेको विजुली बालिएका हो,’ उनले भने ।

छायाँनाथ रारा नगरपालिका भित्र ८७ बस्ती मध्ये ८२ बस्तीमा विद्युतीकरण भएको उल्लेख गर्दै अब बाँकी रहेका पाँच बस्तीमा यही आर्थिक बर्षमा विद्युत सेवा पुर्याउने लक्ष्यका साथ काम भइरहेको नगर प्रमुख भामले जानकारी दिए ।

छायाँनाथ रारा नगरपालिकाको १ करोड ९३ लाखमा करिब चार बर्षको प्रयासले वडा नम्बर १० र ११ का गाउँबस्तीमा विद्युत सेवा पुगेको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पशुपती शाहीले बताए ।

जसबाट छायाँनाथ रारा नगरपालिका वडा नम्बर १० मा ६ सय घरदुरीका २२ सय नागरिक र वडा नं ११ का २ सय ४५ घरदुरीका १४ सय गरी ३ हजार ६ सय नागरिक विद्युत सेव बाट लाभाविन्त भएका छन् ।

नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रका प्रमुख साजन. ऐडिले छायाँनाथ नपाका अधिकांस बस्तीमा विद्युत सेवा पुगेको बताए । भौगोलिक विकटता केही समस्या छ तर स्थानीय सरकारसँगको सहजीकरणमा गाउँ गाउँमा विद्युत सेवा पुर्याइने कार्यालय प्रमुख ऐडिले बताए ।

गमगाढ विद्युत बितरण केन्द्रको पावरहाउसमा रहेका मेसिनको वेरिङ्घमा आएको समस्याका कारण सेवा नियमित भएको छैन् । राष्ट्रिय प्रसारण लाइनमा मर्मतको काम भइरहेकाले सटडाउन लिने गरेको र बेलाबखत विद्युत अवरुद्ध हुने गरेको र बेलुकादेखि बिहानसम्म विद्युत नियमित रहेको कार्यालय प्रमुख ऐडिको भनाइ छ ।

बर्षौपछि विद्युत सेवा पुगेपछि स्थानीय खुसी भएका छन् । विगतमा विद्युत सेवा नहुँदा दुःख भोगेका नागरिक विद्युत सेवा पुगेपछि स्थानीयले खुसी साटेका छन् ।

Skip This
Skip This
Logo