‘जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिको सजाय नेपालले भोग्नुपरिरहेको छ’ -मन्त्री डा. आरजु राणा

‘जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिको सजाय नेपालले भोग्नुपरिरहेको छ’ -मन्त्री डा. आरजु राणा

केन्द्रबिन्दु
27
Shares

काभ्रेपलाञ्चोक । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी विपत्ति आएको बताएकी छन् ।

सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालद्वारा आज आयोजित ब्लाङ्केट वितरणमा उनले बेमौसमी विपत्तिका कारण नेपालले जनधनको क्षतिको जोखिम भोग्दै छ भनिन‍् ।

उनले भनिन्, “जलवायु परिवर्तनको असरका कारण नेपालमा बर्षायाम सकिएपछि गएको असोजमा बेमौसमी बाढीपहिरो आयो, यो विपत्ति ल्याउन नेपालले कुनै बातावरणीय प्रभावका काम गरेको छैन, गल्ती नगर्दा पनि अन्य देशका कारण भएको जलवायु परिवर्तनको असरले निम्त्याएको विपत्तिले जनधनको क्षति ब्यहोर्नुपर्यो ।”

नेपालको कारण जलवायु परिवर्तन नभएको तर, अन्य देशका कारण नेपालले पनि क्षति ब्यहोर्नुपरेकाले आफुले अन्तराष्ट्रिय फोरममा यसबारे विषय उठान गर्दै आएको उनले व्यक्त गरिन् ।

नेपालमा भएको विपत्तिको क्षति कस्ले तिर्ने प्रश्न गर्दै मन्त्री राणाले भनिन्, “गर्दै नगरेको गल्तीको सजाय नेपालीले भोग्नुपर्ने, यसको क्षतिपूर्ति कस्ले तिर्छ ?”

उनले जलवायु परिवर्तनका कारण पानी स्रोत सुक्दै जाने भएकाले अबका पुस्ता–सन्तनीलाई निकै गाह्रो हुने बताइन् । “म मेरो सन्तानलाई जन्म दिने बेलामा जुन प्रसव पीडाबाट गुज्रिए, मर्छु कि बाँच्छु भन्ने अवस्थामा पुगेको थिए”, उनले थपिन् “म र मेरो सन्तान त बाच्यो तर, यस्तै पीडा सहन बाध्य हुने महिला बाँच्न सक्लान् कि नसक्लान् भनेर यो अभियानमा जोडिएको थिएँ ।”

Skip This
Skip This
Logo