काठमाडौँ । इन्डो प्यासिफिक हेर्ने बेलायती विदेश राज्यमन्त्री क्याथरिन वेष्ट र उद्योग वाणिज्य राज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला लन्डन पुगेका छन् ।
कोइराला बिहीबार राति १०ः३० बजे लन्डन हिथ्रो विमानस्थल टर्मिनल फोरमा उत्रिएका हुन् । उनले आफू एक सांसदका हैसियतमा बेलायत आएको बताएका छन् ।
कोइरालाले जनवरी १३ मा बेलायती संसद् भवनको विशेष कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । कोइराला जनवरी १६ तारिखमा नेपाल फर्किनेछन् ।





























प्रतिक्रिया