काठमाडौँ । तरुल एक प्रकारको कन्दमूल हो, जसलाई नेपाली समुदायमा परम्परागत रूपमा खानाका रूपमा प्रयोग गरिन्छ । भिटामिन, मिनरल्स तथा लवण तत्त्व बढी पाइने तरुल प्रायः जाडो मौसममा, विशेष गरी माघे संक्रान्तिमा खाने चलन छ । माघे संक्रान्ति नजिकिएसँगै बजारमा तरुलको व्यापार बढेको छ ।
नेपालमा पहाडी क्षेत्रहरू तरुल खेतीका लागि उपयुक्त मानिन्छ । नेपालमा उत्पादन भएको तरुलले नै माग धान्न सक्ने अवस्था रहेको व्यापारीहरू बताउँछन् । विश्वमा ६ सय किसिमका तरुल पाइन्छन् । जसमध्ये नेपालमा १३ किसिमका तरुल पाइन्छन् । सबैभन्दा धेरै तरुल उत्पादन गर्ने देश नाइजेरिया हो । यसले वार्षिक रूपमा ५ अर्ब डलरको तरुल उत्पादन गर्छ ।
तस्बिरः रामकुमार थापा, केन्द्रबिन्दु















































प्रतिक्रिया