दुम्किबासमा पुल भाँचियो, सवारी आवागमन बन्द

दुम्किबासमा पुल भाँचियो, सवारी आवागमन बन्द

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा पुल भाँचिदा दुईतर्फी सवारी आवागमन बन्द भएको छ ।

भारतीय हेबी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पुलबाट पास हुने क्रममा शुक्रबार साँझ पुल एक्कासी भाँचिएको हो ।

अत्यधिक भारका कारण पुल भाँचिदा पूर्व–पश्चिम राजमार्गमा यातायात नै अवरुद्ध भएको छ । अब डाइभर्सन निर्माण नगरेसम्म यातायात ठप्प हुने प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo