धरौटीमा रिहा भएका रवि लामिछाने न्यायिक हिरासतमा

धरौटीमा रिहा भएका रवि लामिछाने न्यायिक हिरासतमा

केन्द्रबिन्दु
138
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ ।

काठमाडौं जिल्ला अदालतमा भएको बयान सकिएसँगै अब साेमबार थुनछेक बहस सुरु हुनेछ ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति लामिछाने आइतबार विहान आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । बयान सकिएपछि अदालतले न्यायिक हिरासतमा राख्न भनेको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान भएको थियो ।

बयान सकिएलगत्तै थुनछेक बहस गराउन लामिछानेपक्षका कानून व्यवसायीको माग गरेका थिए । तर, आज थुनछेक बहस नभएका कारण लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाइएको हो ।

पोखराबाट धरौटीमा रिहा भएका लामिछाने आइतबार न्यायिक हिरासतमा गएका हुन् ।

Logo