बालुवाटारमा जापानी विदेश मन्त्रीको ‘बर्थ डे सेलिब्रेसन’ (भिडियोमा)

बालुवाटारमा जापानी विदेश मन्त्रीको ‘बर्थ डे सेलिब्रेसन’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

बिहिबार बिहान जापानका विदेशमन्त्री कानो तारो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे।  विदेश मन्त्री तारोलाई प्रधानमन्त्री ओलीले पुष्पगुच्छा दिंदै भने, – ‘ह्यापी बर्थ डे!’

प्रधानमन्त्री ओलीले आफ्नो बर्थ डे को शुभकामना दिएपछि विदेश मन्त्री तारोको मुहारमा उज्यालो छायो।  लगतै उनले भने, -‘थ्याङ्क यु !’ विदेश मन्त्री  कानो ५६ वर्षमा प्रवेशका छन्।  उनी सन् १९६३ जनवरी १० मा जन्मेका थिए।

भेटघाटपछि उनीहरु भेटवार्ता तर्फ लागे ।  प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार भेटवार्तामा नेपाल र जापानबिच भएको हवाई सम्झौताका बारेमा प्रधानमन्त्री ओलीसँग छलफल भयो । प्रधानमन्त्रीसँगको भेटमा जापानले कृषि क्षेत्रमा पनि लगानी गर्न इच्छुक रहेको बताए। त्यस्तै नेपाली श्रमिकहरु लैजानका लागि माघ महिना भित्रै सबै कानुनी प्रक्रिया टुंग्याउने बारेमा पनि छलफल भएको भट्टराईले जानकारी दिए।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय सङ्गठनको विकास हुनुपर्नेमा जोड दिँदै मन्त्री कानोले जापानले सहयोग गर्ने बताए । भेटमा सूर्यविनायक–धुलिखेल सडक विस्तार, कलङ्की–नागढुङ्गा सुरुङमार्ग निर्माण, नेपाली श्रमिकलाई जापानमा रोजगारी प्रदान गर्नेलगायत पारस्परिक सहयोगका क्षेत्रबारे पनि विचार विमर्श भएको छ ।

विदेश मन्त्री  कानोलाई प्रधानमन्त्री ओलीले मायाको चिनो पनि प्रदान गरेका छन् ।

Skip This
Skip This
Logo