देशभरीका शालिक तोड्ने बाबुराम गद्धार हो : दीर्घराज प्रसाईं ( भिडियो सहित )

देशभरीका शालिक तोड्ने बाबुराम गद्धार हो : दीर्घराज प्रसाईं ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

नेपालमा गणतन्त्र स्थापना भएपछि देशका पुराना मुल्य र मान्यताहरु मध्ये धेरैजसो परिवर्तन भए , गराइए । ती नेपाल र नेपालीका लागि मान्य थिए वा थिएनन् तर जसले ती मान्यताहरु जर्बजस्ति लाद्ने काम गरे त्यसपछि नेपालको अस्तित्व नै पतन हुने सम्मको अवस्था आएको कतिपय राजनितीज्ञहरुले आरोप लगाउँदै आएका छन् । यहाँ सम्म की हिन्दु अधिराज्यबाट नेपाललाई हटाएर धर्मनिरपेक्ष बनाउने देखि लिएर पुराना दिवस र चार्डपर्वहरुमा दिईंदै आइएका विदा समेत कटौती गरिए पछि धेरैजसाले असन्तुष्टहरु खुलेरै पोख्न थालेका छन् । यी सबैको जस वा अपजस पछिल्ला राजनितीज्ञहरुलाई नै जान्छ ।

राष्ट्रिय पर्व र दिवस कटाइएका मध्ये एकता दिवस नमनाउने र पृथ्वी जयन्तीमा विदा कटाउने सरकारको निर्णय पछि एकजना राजावादी चिन्तक, राजनितीक विश्लेषक एवं लेखक दीर्घराज प्रसाईंले यी कुराहरुको बारेमा खुलेर विरोध गर्दै आएका छन् । पृथ्वी नारायण शाहलाई नचिन्ने त नेपाली नै हुन सक्दैन भन्ने उनको अभिव्यक्ति छ । इतिहासका धेरै बुँदाहरु पछिल्ला पुस्तालाई मार्ग निर्देशक हुने गरेको तर राजनितीक दलका नेताहरुले गर्दा यस्ता सबै अस्तित्व गुमेको बताउने प्रसाईंले यसपटक केन्द्रविन्दु टेलिभिजनसँग कुरा गर्दै पृथ्वी नारायण शाह र हिन्दुधर्मका बारेमा खुलेर गरेको कुराकानी हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo