माघीले सामाजिक, सांस्कृतिक सद्भाव कायम गर्नमा महत्वपूर्ण भूमिकाः उपसभामुख राना

माघीले सामाजिक, सांस्कृतिक सद्भाव कायम गर्नमा महत्वपूर्ण भूमिकाः उपसभामुख राना

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ। प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले माघे सकराँती/माघी पर्वले सबै जातजाति तथा समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं भावनात्मक एकता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएकी छिन्।

उपाध्यक्ष रानाले आज शुभकामना सन्देश जारी गर्दै थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायले मनाउने चाड माघे सङक्रान्ति(मकर सङ्क्रान्ति)का अवसरमा सबैमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी हुन्।

“हाम्रा विविध सांस्कृतिक चाडपर्व, संस्कार एवं परम्पराले आ–आफ्नो समुदायको विशिष्ट पहिचान दिलाएका छन्”, शुभकामना सन्देशमा उनले भनिन,“मगर, थारूलगायत समुदायले मनाउने यस पर्वले सांस्कृतिक, धार्मिक र ऐतिहासिक पक्षको संरक्षण मात्रै गरेको छैन, विविध जातजाति र समुदायका बीचमा सद्भाव कायम गर्न विशिष्ट भूमिका निर्वाह गरेको छ।”

Skip This
Skip This
Logo