पोखरा । शुभ अधिकारी ट्राभल्स प्रालिले अब पोखरादेखि काठमाडौंको साँखुसम्म सेवा विस्तार गर्ने भएको छ ।
पोखरादेखि काठमाडौं सम्म सुविधा सम्पन्न बस सेवा सञ्चालन गरिरहेको यस कम्पनीले आज माघ १ देखि सो सेवा साँखुसम्म विस्तार गरेको हो । सोफा सिटसहितको सुविधा सम्पन्न सो बसमा एसी तथा हिटरको सुविधा सहित यात्रुलाई ब्लाङकेट, वेलकम स्न्याक्स, वाइफाई लगायतको सुविधा पनि उपलब्ध छन् ।
१२ सय रुपैयाँ मात्र भाडादर तोकिएको सो ‘भीआईपी’ बसमा यात्रा गर्ने अवसर ग्राहकले प्राप्त गर्नेछन् । यात्रुको सुविधालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न बसमा लगानी विस्तार गरेको छ ।
पोखराको जिरो किमीबाट छुट्ने बस लेकसाइड, मुस्ताङचोक, पृथ्वीचोक हुँदै काठमाडौंका लागि प्रस्थान गर्नेछ ।































प्रतिक्रिया