पानीको हाहाकार: २४ घण्टामा पालो, एक परिवारलाई जम्मा ३० लिटर

पानीको हाहाकार: २४ घण्टामा पालो, एक परिवारलाई जम्मा ३० लिटर

केन्द्रबिन्दु
0
Shares

दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपलिकाको वडा नम्बर ८ गैरागाउँमा पानीको हाहाकार भएको छ।

उनीहरुले पानी थाप्न २४ घण्टामा एक पटक मात्रै पालो पाउने गरेका छन् ।  त्यो पनि उनीहरुले चाहिए जति थाप्न पाउदैनन।  उनीहरुले प्रति परिवार जम्मा ३० लिटर मात्रै पानी थाप्न पाउछन्।

पानीको पालो पर्खदा अन्य घरायसी काम गर्न समेत नपाएको स्थानीय वासिन्दा रङ्ग शाही ठकुरीले बताए ।  यस क्षेत्रमा स्थानीय चुनावमा तत्कालिन नेकपा एमालेबाट वडा अध्यक्षमा बिरा बहादुर शाहीले चुनाव जितेका थिए ।  चुनावताका उनले पानीको समस्या समाधान गरिदिने वाचा गरे पनि अहिले बेवास्ता गरेको स्थानीयले आरोप लगाएका छन्।

खानेपानीका आयोजनाहरु आए पनि निर्माण समिति र ठेकेदारको मिलेमतो हुने र कमसल निर्माण सामाग्री प्रयोग गरि आयोजना बन्ने गरेको कारणले आयोजनाहरु टिकाउ नहुने गरेको स्थानीयको भनाइ छ ।  पानीको समस्याबारे नगरपालिकामा पटक पटक समस्या लिएर जाँदा पनि कुनै सुनुवाई नभएको  उनीहरुको गुनासो छ ।

Logo