गरिमा विकास बैंकको साधारण सभा सम्पन्न, अध्यक्षमा दिलिप प्रताप खाँड चयन

गरिमा विकास बैंकको साधारण सभा सम्पन्न, अध्यक्षमा दिलिप प्रताप खाँड चयन

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । गरिमा विकास बैंकको १८औँ साधारणसभा सोमबार सम्पन्न सम्पन्न भएको छ ।

सभाले आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरूको तर्फबाट दिलीपप्रताप खाँड, श्यामप्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठका साथै सर्वसाधारण शेयरधनीको तर्फबाट विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोइराला सर्वसम्मतिबाट सञ्चालक समितिको सदस्यमा चयन गरेको छ । 

साधारणसभा पश्चात् लगत्तै बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्षमा दिलीपप्रताप खाँडलाई सर्वसम्मत मनोनीत गर्ने निर्णय गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न उक्त साधारणसभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरू सर्वसम्मत पारित गरेको छ ।

उक्त बैंकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनसहित शेयरधनीहरूलाई चुक्ता पुँजीको ५ प्रतिशत (करसहित)को नगद लाभांश दिन गरिएको प्रस्ताव पनि सर्वसम्मत रूपमा सभामा पारित भएको छ । गरिमाको हाल चुक्ता पूँजी रु ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ। 

गरिमा विकास बैंकले हाल देशभर १२३ शाखा कार्यालयहरू, १ एक्स्टेन्सन काउण्टर, ५१ एटिएम, र नविनतम डिजिटल बैंकिङ मार्फत सुरक्षित र गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ। यस साधारण सभाले बैंकको स्थायित्व र वित्तीय सुदृढतालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

    Skip This
    Skip This
    Logo