रवि लामिछानेका वकिलले आज बहस गर्ने

रवि लामिछानेका वकिलले आज बहस गर्ने

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा आजदेखि फेरि थुनछेक बहस हुने भएको छ । मंगलबार सार्वजनिक बिदा परेकाले आज बाँकी थुनछेक बहस हुनेछ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले सोमबार थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको थियो ।

सहकारी ठगीका आरोपित लामिछानेको मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट ११ जनाले बहस गरेका थिए । सरकारी वकिलको बहस सकिएको छ । जाहेरवालाका तर्फबाट पनि बहस सकिएको छ । जाहेरवालाका तर्फबाट डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका छन् ।

आज लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र रमन श्रेष्ठले बहस गर्नेछन् ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।

Skip This
Skip This
Logo