सिन्धुपाल्चोक
रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रममा भएको अनुयायी सञ्चलाल तामाङ हत्या घटनाको अनुसन्धान गर्ने जिम्मेवारी सिन्धुपाल्चोक प्रहरीले पाएको छ । पीडित परिवारले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा दर्ता भएपछि अनुसन्धानको जिम्मेवारीसमेत उसैले पाएको हो ।
मकवानपुर हेटौँडा घर भएका सञ्चलालका छोरा महेन्द्रले बम्जनको सिन्धुपाल्चोक आश्रममा बाबुको हत्या भएको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय (मकवानपुर) मा उजुरी दिएका थिए । घटनास्थल भएकाले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाउन मकवानपुर प्रहरीले भोलिपल्टै महेन्द्रको जाहेरी सिन्धुपाल्चोक पठाएको थियो ।
बिहीबारै जाहेरी दर्ता गरी सिन्धुपाल्चोक प्रहरीले अनुसन्धान गरिहरेको छ । ‘जाहेरी सिन्धुपाल्चोकमा दर्ता भएकाले अनुसन्धान जिम्मा हामीमा सरेको छ,’ सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले भने, ‘अब सिआइबी (केन्द्रीय अनुसन्धान ब्यूरो) ले हामीलाई सघाउने मात्र हो ।’
प्रहरी स्रोत अनुसार पीडित परिवारले सञ्चलालको बाँडेगाउँ आश्रममै हत्या गरी नजिकै खाडल खनेर २० पोका नुन छरेर पुरेको जाहेरीमा उल्लेख गरे पनि हत्यामा को–को संलग्न थिए भन्ने किटानी गरेका छैनन् । जाहेरी दर्ताको भोलिपल्टै शुक्रबार सिन्धुपाल्चोक प्रहरी र सिआइबीको संयूक्त टोलीले बम्जनको बाँडेगाउँस्थित आश्रममा छापा मारेको थियो ।
नागरिकबाट































प्रतिक्रिया