माघ १६ गते काठमाडौँमा भव्य कार्यक्रम गर्दै समाजवादी मोर्चा

माघ १६ गते काठमाडौँमा भव्य कार्यक्रम गर्दै समाजवादी मोर्चा

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । समाजवादी मोर्चाले माघ १६ गते काठमाडौँमा कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए ।

उनले भने, ‘निर्णय तीन वटा छन् । बैठकमा समाजवादी मोर्चाले गम्भीर समीक्षा गरेको छ । आगामी माघ १६ गते काठमाडौँमा समाजवादी मोर्चाको तर्फबाट भव्य कार्यक्रम गरौँ भन्ने हामीले निर्णय गरेका छौँ । अब त्यो कार्यक्रम सम्पन्न भयो भने जति प्रश्न छन् त्यसको यो कार्यक्रमले उत्तर दिने छ र सकारात्मक सन्देश समेत दिने छ ।’

त्यस्तै, बैठकमा सुरुमा मोर्चाको गतिविधि आम जनतामा निकै उत्साहजनक रहेको तर पछिल्लो समय अगाडि बढाउन गति धिमा भयो भन्नेबारे समीक्षा भएको उनले बताए । बैठकले आगामी दिनमा मोर्चालाई सक्रिय बनाउने समेत निर्णय गरेको छ ।

Skip This
Skip This
Logo