भन्सार सम्बन्धी कानूनलाई सुधार होइन, फरक विकल्प दिनुपर्छः डा. वाग्ले

भन्सार सम्बन्धी कानूनलाई सुधार होइन, फरक विकल्प दिनुपर्छः डा. वाग्ले

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले भन्सार सम्बन्धी कानूनलाई सुधार गर्नेभन्दा फरक विकल्प दिने बेला भएको बताएका छन् ।

विहीबार अर्थ समितिमा भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञहरूसँग भएको छलफलमा उनले विज्ञहरू भएपछि १० लाई १५ गर्ने खालको सुधारभन्दा पनि र्‍याडिकल विकल्प दिनुपर्ने बताए ।

उनले भने, ‘यसलाई सुधार गर्ने कुरा गर्दैगर्दा ७० वर्षदेखि चलेको प्रक्रिया पुरानो भयो । अलिकति फरक विकल्प दिनेबेला भएन र ? तपाईँहरूजत्तिको बुझेका मान्छेहरूले १० लाई १५, १७ लाई १९ जस्तो खालको सुधार उपयोगी होला । तर र्‍याडिकल विकल्प दिने हो भने सजिलो हुन्थ्यो ।’

यस्तै, उनले कुनै सामान आयात गर्दा त्यसको शुल्क यति, भ्याट उति भनेर आयात गर्ने मानिसलाई ठ्याक्कै थाहा हुने हो भने सजिलो हुने बताए । कति लागतमा आयात गर्दा कति तिर्ने भन्ने कुरा थाहा हुनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘यो वस्तुको यति शुल्क लाग्छ भन्सार, त्यसमा यति शुल्क थप्छौँ, त्यसमा १३ प्रतिशत भ्याट यति लाग्छ भनेर आयात गर्ने मानिसलाई ठ्याक्कै लाग्ने कति हो भन्ने कुरा थाहा होस् । कसैलाई सोध्न जान नपरोस् । पैसा खुवाएर तलमाथि पनि गर्न नपरोस् । सामान लिएर आएका मान्छेले सरकारले तोकेको रेटहरू डिजिटल रूपमा तिर्न पाउनुपर्छ ।’

Skip This
Skip This
Logo