मन्त्रीले स्वीकारे कोपमा भएको कमजोरी

मन्त्रीले स्वीकारे कोपमा भएको कमजोरी

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप २९) मा भएका कमजोरीलाई सुधार गर्ने र राम्रा पक्षहरूलाई अझै राम्रो बनाउने कोशिशमा रहेको बताएका छन् ।

विहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको ‘विश्व जलवायु सम्मेलन (कोप २९) को समिक्षा र नेपालको आगामी कार्यदिशा’ बारेमा छलफलमा उनले कोपको तयारीको लागि छोटो समय प्राप्त भएको भन्दै कमी कमजोरी भएको कुरा स्वीकार गरेको बताए ।

उनले भने, ‘कोपको बारेमा धेरै चर्चा भएको छ । यसलाई सहजताका साथ स्वीकार पनि गरेका छौँ । कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्ने हाम्रो प्रतिबद्धता छ र राम्रा पक्षहरुलाई अझै राम्रो बनाउने कोशिश पनि छ । कोपको तयारीका लागि छोटो समय भएको मेरो आफ्नो बुझाइ छ र छोटो तयारीमा कमी कमजोरी भएको कुरा स्वीकार गर्न चाहन्छु । म कुनै गल्ती नै भएको छैन भन्ने पक्षमा छैन ।’

यसको साथै, उनले नेपाल सरकारले कोपमा जानका लागि कुनै बजेटको व्यवस्था नगर्ने हुँदा पनि समस्याहरू आएको बताए ।

Skip This
Skip This
Logo