पुरुष नै गर्भवती भएपछि…

पुरुष नै गर्भवती भएपछि…

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको टेक्सासमा एक जना ट्रान्सजेन्डर पुरुष गर्भवती भएका छन् । ट्रान्सजेन्डर जोडी विली सिंपसन र स्टिफनले एक रियालिटी शोको क्रममा उनीहरुले यो कुरा सेयर गरेका हुन् ।

विलीले आफु गर्भवती भएको कुरा विश्वास गर्न गाह्रो भएको बताए । उनलाई गर्भवती हुन सक्छु भन्ने लागेको थिएन । उनले करिब ७ बर्ष देखि टेस्टोस्टेरोन हर्मोन लिइरहेका थिए ।

बच्चा जन्माउन डर 

गर्भवती र बच्चालाई जन्म दिने प्रक्रियाबाट विली धेरै डराएका छन् । पहिला ट्रान्सजेन्डर जोडीले आफ्नो बच्चा एडप्टसन गर्न चाहनेलाई दिने सोचेका थिए । तर अहिले बच्चाको पालनपोषण आफै गर्ने फैसला गरेका छन् । विलीले आफै बच्चाको हेरचाह गर्ने बताए । ऊ चाहन्छ बच्चालाई पनि उनको बराबरको सम्मान मिलोस ।

ट्रान्सजेन्डरको कथा सबैको माझ 

विली र स्टिफनले आफ्नो कथा टिभी रियालिटी शो ‘एक्सट्रिम लभ सिरिज’ मा सेयर गरेका हुन् । जुन सबैलाई देखाइने छ । विलीले आफ्नो फोटो पनि सेयर गरेका छन् । जसमा ऊ टेक्सासको सैन एन्टोनियोको एक अस्पतालमा भर्ना भएका छन् । उक्त फोटोमा एक महिला डाक्टरले अल्ट्रासाउन्ड गरिरहेकी छिन् । एजेन्सी

Logo