केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

कांग्रेसको छायाँ सरकारदेखि मेयरलाई कालोमोसोसम्म

कांग्रेसको छायाँ सरकारदेखि मेयरलाई कालोमोसोसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

कांग्रेसमा फेरि ब्युतियो छायाँ सरकारको मुद्दा, मन्त्रीको लागि नाम टिपाउँन आह्वान

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छायाँ सरकारको मुद्दा फेरि ब्युताएको छ । केही समय अघि सभापति शेरबहादुर देउवाको नेतृत्वमा छयाँ सरकार गठन गर्ने निर्णय गरिएको थियो । तर अहिलेसम्म छायाँ सरकार गठन हुन सकेको छैन् ।

वैदेशिक रोजगार कार्यालय ताहचलबाट सात विचौलिया नियन्त्रणमा

प्रहरीले वैदेशिक रोजगार कार्यालय ताहचलमा सेवाग्राहीलाई हैरानी दिने सात विचौलियालाई आज नियन्त्रणमा लिएको छ । श्रम स्वीकृति लिन आएका सर्वसाधारणलाई विभिन्न बहानामा दुःख दिएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको फलाने साँखुका २५ वर्षीय भरत तामाङ, मङ्गलटारका ३७ वर्षीय दिपु शाह र कोशीपारिका ३५ वर्षीय गणेश तामाङ रहेका छन् ।

मापसेका कारण ११६ नेपाली युएईको कारागारमा

मादक पदार्थको सेवन (मापसे) का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ ।

विप्लव समुहले स्वर्गद्वारी नगरपालिकाका प्रमुखलाई कालोमोसो दल्यो

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एक नगर प्रमुखलाई कालोमोसो लगाएको छ । स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्रबहादुर रोकायलाई विप्लव नेकपा समूहका कार्यकर्ताले कालोमोसो लगाएका हुन् । आफ्नो पार्टीको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेको, उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता तथा नेतालाई पदाधिकारी बनाई किर्ते बिल भरपाई मिलाई मोटो रकम अनियमितता गरेको, जनतामाथि अनावश्यक कर थुपारेको, संस्थागत रुपमा भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदैं नगर प्रमुख रोकायमाथि कालोमोसो दलिएको हो ।

प्रधानमन्त्रीलाई ब्यंग गर्दै रानीपोखरीमा युवाले फुटबल खेले

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्यंग गर्दै युवाहरुले काठमाडौंको रानीपोखरीमा फुटबल खेलेका छन् । नेपाल विद्यार्थी संघको आयोजनामा मंगलबार रानीपोखरीमा फुटबल खेलिएको हो । शंकरदेव, त्रिचन्द्र, रत्नराज्य र नेपााल कमर्स क्याम्पसका विद्यार्थीहरुले रानीपोखरीमा डेढ घण्टासम्म फुटबल खेलेका हुन् । उनीहरुले प्रधानमन्त्री ओलीको प्रगति विवरणमा रानीपोखरीलाई फुटबल मैदान बनाएको विषय छुटेको भन्दै ब्यंग्य गरेका थिए ।

“इमोशनले होईन ब्रेनले काम गर्नुपर्छ”: श्रृंखला खतिवडा

नेपाली इतिहासकै सर्वाधिक लोकप्रिय मिस नेपाल श्रृंखला खतिवडाको वाहवाही अझै सकिएको छैन । मिस नेपालको ताज पहिरिएसँगै चर्चामा आएकी श्रृंखलाले मिस वर्ल्ड प्रतिस्पर्धामा एकपछि अर्काे अवार्ड जित हात पार्दै चर्चाको शिखर चढिन् । सबैभन्दा महत्वपूर्ण मानिने ‘ब्युटी विथ पर्पज’ र ‘मल्टिमिडिया अवार्ड’ हात पार्दै अघि बढेसँगै उनको नाम अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा समेत छायो । उनी यतिबेला नेपाली सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता दिनमै ब्यस्त छिन् । पाँचौ अन्तर्वाताका लागि तयार श्रृंखलाले भनिन्, “आजै मात्र चार वटा मिडियामा अन्तर्वार्ता दिईसकेकी छु ।” मिस नेपाल उपाधिले दिएको लोकप्रियतालाई अधिकतम सदुपयोग गर्ने मनशायमा रहेकी उनी ‘इमोशन’ले होईन ‘ब्रेन’ले काम गर्नुपर्ने मान्यता राख्छिन् ।

जनअपेक्षा अनुसार काम भएनः गगन थापा

कपिलको ‘कमेडी शो’ शो बन्यो इमोसनल

वाइडबडी जहाज र ‘बापति’ को मागी विवाह

हिटर पड्किएर आगलागी

भक्तपुरमा एटिएम मेशिन नै लुट्न खोजेपछि…

मलासका वासिन्दाले भीमदत्तका मेयरलाई ज्ञापन पत्र बुझाए

छिमेकीको मलामी जाने १२ जनालाई जनही १५ हजार धरौटी

गुट्खा खाँदा घाँटीमा अड्किएर एकको मृत्यु

अर्थमन्त्रालयको प्रस्टोक्ति – प्रमको सम्बोधन तथ्यमा आधारित

माघ १५ देखि २५ औं क्यान इन्फोटेक हुँदैं, पहिलो पटक प्रादेशिक मेला पनि

३० हजार कर्मचारीको विवरण अद्यावधिक

काठमाडौँका सडकबाट गए राति ५० जनाको उद्धार

आन्दोलनको चेतावनीपछि तेल चोर्ने व्यवसायीसँग झुक्यो निगम

छ वर्षीया बालिका बलात्कार अभियोगमा एक पक्राउ

छ विमानस्थलमा रात्रिकालीन उडान

निर्वाचन भएको दुई वर्षमा पनि मतगणना भएन

उत्तर कोरीयाली नेता किम किन चढछन् रेल ?

आयल निगमको निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

आफ्नो सपथ नभए अन्तर्राष्ट्रिय अदालत जाने मनाङेको धम्की

साहारा विकास बैंकको सूचीकरण रोक्का

सातै प्रदेशका मुख्य न्यायाधीशलाई प्रधानन्यायाधीशको यस्तो निर्देशन

विश्व बैंकका अध्यक्षद्वारा एक्कासी राजिनामा

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo