काठमाडौं । देशमा भूकम्पले क्षति पुर्याएका तथा जीर्ण अवस्थामा पुगेका सांस्कृतिक तथा सरकारी भवनहरूको पुननिर्माण धमाधम भइरहेको छ। कुनै बनेर सञ्चालनमा आइसके त कुनै बन्ने क्रममै छन्।
तर, त्रिचन्द्र क्याम्पस र रत्नपार्क भन्ने बित्तिकै सबैको मस्तिष्कमा चित्रण भइहाल्ने घण्टाघरको पुननिर्माण काम भने अझै सकिएको छैन। यद्यपि २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको घण्टाघरको चर्किएको घाउमा मलाम लगाउने काम अहिले भइरहेको छ।

पुरानै स्वरुप दिएर पुननिर्माण थालिएको घण्टाघरको ५० प्रतिशत काम भइसकेको बताइएको छ। घण्टाघरलाई सर्वसाधारणले लामो समयदेखि चासो र सोधिखोजी गर्न थालेपछि मात्र जीर्ण अवस्थामा रहेको घण्टाघर सरकारको ध्यानाकर्षणमा परेको हो।
नियमित रूपमा दम दिनु पर्ने घडीको प्रतिस्थापनमा स्वचालित घडी राखेर पुरानै स्वरूपमा घण्टाघरको पुननिर्माण भइरहेको छ। घण्टाघरको उचाई, क्षेत्रफल र रङलगायतको स्वरुप पुरानै कायम रहने बताइएको छ।
२०७९ मंसिर १६ गते शहरी विकास तथा भवन निमार्ण विभाग मातहतको केन्द्रिय आयोजना कार्यान्वयन इकाईलाई ३४ करोड ६७ लाखको बजेटमा घण्टाघर पुननिर्माणको कार्य थालेको थियो। घण्टाघर पुननिर्माण सक्न अझै एक वर्ष लाग्ने अनुमान गरिएको छ।






































प्रतिक्रिया