‘समर लभ’ मा आशिष र रेवतीको रोमान्स (भिडियोमा)

‘समर लभ’ मा आशिष र रेवतीको रोमान्स (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सिनेमा ‘समर लभ’ माघ २५ गतेबाट भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज हुँदैंछ । उक्त फिल्मको ट्रेलर सोमबार सार्वजनिक गरिएको छ ।

सिनेमा ‘समर लभ’ सुबिन भट्टराईद्वारा लिखित उपन्यास ‘समर लभ’ मा आधारित रहेर निर्माण गरिएको हो । सार्वजनिक ट्रेलरमा अतीत र सायाको माया प्रेम, रोमान्स र विछोड देखाइएको छ ।

यो सिनेमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले संयुक्त रुपमा निर्माण गरेका हुन् । सिनेमाका कार्यकारी निर्माता विनोद अधिकारी हुन् । सिनेमाको निर्देशन मुस्कान ढकालले गरेका हुन् ।

उनले यसअघि सफल सिनेमा ‘नाइँ नभन्नू ल ३’ निर्देशन गरेका थिए । उपन्यासले प्रस्तुत गरेका सबै कुराहरुलाई बुझेर सिनेमा निर्माण गरिएको निर्देशक ढकालले बताए ।

Logo