काठमाडौँ । नेपाली किक्रेटर सन्दीप लामिछानेको फेसबुक पोष्टले यतिवेला आम खेलप्रेमीबीचमा कौतुहलता ल्याएको छ । मध्यराति आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट लेख्दै उनले सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।
उनको पोष्टमा टिप्पणी गर्नेहरूले राष्ट्रिय टिमबाट उनले सन्यास लिएको संशय व्यक्त गरेका छन् । लेग स्पिनर लामिछानेले सामाजिक सञ्जालमा राखेको भावुक पोस्टपछि फ्यानहरूले त्यस्तो अड्कल गरिरहेका हुन् ।
शनिबार राति उनले लेखेको पोस्टमा देश र सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैँ साथमा उभिएको बताएका छन् । यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै माया र प्रोत्साहन सधैँभरि हृदयमा विशेष स्थान राख्ने भन्दै उनले लेखेका छन् ।
सन्दीप लामिछाने नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिएका व्यक्ति हुन् । उनी युवा खेलाडीहरूका लागि एउटा उदाहरणीय व्यक्तित्व हुन् ।
































प्रतिक्रिया