एनएमबि बैंकको नाफा २ अर्ब नाघ्यो

एनएमबि बैंकको नाफा २ अर्ब नाघ्यो

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एनएमबि बैंक लिमिटेडले २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो नाफा ४५.६१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.७२ प्रतिशत बढेको छ । यता, खुद फि तथा कमिशन आम्दानी १७.३८ प्रतिशत बढेको छ भने समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १४.२८ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ९५ करोड ७६ लाख रुपैयाँबाट घटेर ३४ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ । जसका कारण बैंकको सञ्चालन मुनाफा ५१.४२ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८४ पैसा बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ । यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०.९५ गुणा रहेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ २५ पैसा रहेको छ।

पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १२ अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ ।

Skip This
Skip This
Logo