काठमाडौं
चिकित्सक तथा स्वास्थ्यकर्मी माथि विभेदकारी प्रावधान राखिएको भन्दै सरकारी चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन् ।
संघीय संरचना अनुसार समायोजन गर्दा विभेद गरिएको भन्दै उनीहरुले मन्त्रालय घेराउ गरेका हुन् । वीर, कान्ति, शुक्रराज ट्रपिकल, प्रसुतिगृह लगायत अस्पतालका चिकित्सकहरू घेराउमा सहभागी थिए ।
चिकित्सकहरुले सोमबारदेखि दैनिक एक घण्टा काम छाडेर विरोधका कार्यक्रम गर्ने घोषणा समेत गरेका छन् । सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले प्रदेश वा स्थानीय निकायमा समावेश हुने चिकित्सकहरूको सेवा, सुविधा, सुरक्षा, सरुवा, बढुवा तथा अन्य वृत्तिविकासको स्पष्ट खाकासहितको प्रादेशिक र स्थानीय निजामती सेवा ऐन निर्माणपछि मात्र समायोजन प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभयो ।
समायोजन अध्यादेश अनुसार समायोजन गर्दा चिकित्सकलाई स्वतः एक तह स्तरबृद्धि गर्नुपर्ने उहाँको भनाइ छ ।
गोरखापत्रबाट





























प्रतिक्रिया