२० वाणिज्य बैंकले छ महिनामा कमाए साढे २७ अर्ब नाफा, कुन बैंकको नाफा कति ?

२० वाणिज्य बैंकले छ महिनामा कमाए साढे २७ अर्ब नाफा, कुन बैंकको नाफा कति ?

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणमा विगत वर्षको तुलनामा चालू वर्षमा खुद नाफा औसत ४.६२ प्रतिशतले घटेको देखिएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा २० वाणिज्य बैंकले २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छन् । गत आर्थिक वर्ष २०८०–८१ को सोही अवधिमा वाणिज्य बैंकको खुद नाफा २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसअवधिमा बैंकको नाफा ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ रहेको थियो ।

सर्वाधिक नाफा कमाउने दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकको नाफा ४९.५१ प्रतिशतले बढेर ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा २ अर्ब ४ करोड २३ लाख रुपैयाँ मात्र रहेको थियो ।

यस अवधिमा सर्वाधिक नाफा वृद्धिमा भने प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देखिएका छन् । प्रभुको नाफा ८५.४९ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ भने इन्भेष्टमेन्ट मेगाको ५७.१८ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । इन्भेष्टमेन्ट मेगा बैंक सर्वाधिक नाफा आर्जन गर्ने तेस्रो नम्बरमा रहेको छ ।

साथै, एभरेष्ट बैंकको नाफा २१.११ प्रतिशतले बढेर २ अर्ब ७ करोड, एनएमबि बैंकको ४५.६१ प्रतिशतले बढेर २ अर्ब ३५ लाख, प्राइमकको १४.३४ प्रतिशतले घटेर १ अर्ब ८६ करोड, स्ट्याण्डर्ड चार्टडको ४.९७ प्रतिशतले घटेर १ अर्ब ६४ करोड, हिमालयन बैंकको ०.९८ प्रतिशतले बढेर १ अर्ब ५१ करोड, सानिमा बैंकको ४.७२ प्रतिशतले बढेर १ अर्ब १९ करोड र लक्ष्मी सनराइज बैंकको ९.७१ प्रतिशतले बढेर १ अर्ब १६ करोड रुपैयाँ नाफा रहेको छ ।

यस्तै, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंकको नाफा १ अर्बभन्दा कम रहेको छ । 

Skip This
Skip This
Logo