कांग्रेसको अवरोधपछि गले सभामुख : आगामी बैठकमा प्रधानमन्त्रीसँग सवाल जवाफ हुने

कांग्रेसको अवरोधपछि गले सभामुख : आगामी बैठकमा प्रधानमन्त्रीसँग सवाल जवाफ हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीसँग सवाल जवाफ गर्न दिने निर्णय गरेका छन् ।

आइतवारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । सम्बोधनमा वाइड बडी लगायत महत्वपूर्ण विषय छुटेको भन्दै कांग्रेस सांसदले प्रधानमन्त्रीसँग प्रश्न सोध्न खोज्दा सभामुखले समय दिएनन । कांग्रेस सांसद गगन थापाका अनुसार सभामुखले प्रधानमन्त्रीको सम्बोधनमा प्रतिपक्षी ५ सांसदलाई प्रश्न सोध्न दिन अनुमति दिएका थिए । तर सम्बोधनका क्रममा भने बोल्नै नदिएपछि कांग्रेस सांसदले होहल्ला गरी रोष्टम घेराउ गर्दै बैठकमा अवरोध गरे । अवरोधपछि बैठक स्थगित गरियो ।

बैठक स्थगित भएपछि कांग्रेस प्रमुख सचेतकसहित सांसदहरु र सभामुख महराबीच छलफल भयो । छलफलमा कांग्रेसले प्रधानमन्त्रीको सम्बोधनका क्रममा उठेका विषयमा प्रश्न राख्न नदिएसम्म अवरोध गरिरहने चेतावनी दियो । प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्रीबाट व्यक्त सार्वजनिक महत्वका विषयमा सवाल गर्न पाउनुपर्ने माग गरे । कांग्रेसको अडानपछि सभामुख महराले आगामी बैठकमा प्रधानमन्त्रीबाट व्यक्त सार्वजनिक महत्वका विषयमा सवाल जवाफ हुने सहमति जनाएको प्रमुख सचेतक खाँडले जानकारी दिए।
नागरिकबाट

Logo