माछापुच्छ्रे बैंकले ६ महिनामा कमायो ८० करोड, कस्ता छन् अन्य सूचक ?

माछापुच्छ्रे बैंकले ६ महिनामा कमायो ८० करोड, कस्ता छन् अन्य सूचक ?

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । बैंक सार्वजनिक गरेको उक्त रिपोर्टले ६ महिनामा ८० करोड ७३ रुपैयाँ खुद नाफा गरेको देखिएको हो ।

बैंकले गत आर्थिक वर्ष २०८०–८१ का दुई त्रैमास अन्त्यको बराबर नै नाफा कमाउन सफल गरेको छ । गत आवको पुस मसान्तसम्म माछापुच्छ्रेले ८० करोड ५३ लाख रुपैयाँ नाफा गरेको थियो ।

६ महिनामा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८२ करोड र इम्पेयरमेन्ट चार्ज २० करोड ४७ लाख रुपैयाँ छ । गत वर्ष यस्तो रकम २ अर्ब ६३ करोड र २३ करोड ८६ लाख रुपैयाँ थियो । ६ महिनाको अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १६ करोड ६३ लाख रुपैयाँ छ ।

गत आवको पुस मसान्तसम्म २.६ प्रतिशतमा रहेको खराब कर्जाको दर अहिले बढेर ४.५४ प्रतिशत पुगेको छ । खुद निष्क्रिय कर्जा भने १.९७ प्रतिशत छ ।बैंकको नाफा झिनो मात्राले बढ्दा प्रतिसेयर आम्दानीमा ३ पैसा सुधार भएर १३.८६ रुपैयाँ, नेटवर्थ १५४.२ रुपैयाँ र पीई रेसिया १६.२७ रहेको छ ।

गुणस्तरीय बैंकिङ सेवामा फोकस रहेको यस बैंकको आगामी दिनमा वित्तीय अवस्थामा सुधारमा उल्लेख्य सुधार आइ नाफा पनि बढ्ने देखिन्छ 

Skip This
Skip This
Logo