फिल्म ‘मायावी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक [भिडियो]

फिल्म ‘मायावी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक [भिडियो]

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘मायावी’ को ‘सितारा जडेको’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

दिक्षित पौडेल र समिरा थपलियाको स्वर रहेको यो गीतमा शम्भुजित बास्कोटाको संगीत, दयाराम पाण्डे र दिवाकर भट्टराइ स्वयंको शब्द छ । गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार पल शाह, दीपिका प्रसाईं र नव-अभिनेता समिम खान फिचर्ड छन्।

गीतले बिहेको बिदाइको पललाई भावुकताका साथ वर्णन गरेको छ ।

फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको यस फिल्मको दुई वटा गीत यसअघि नै सार्वजनिक भइसकेका छन् । यस फिल्ममा लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाईं, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ ।

क्रिएटिभ सिने आट्र्स प्रा.लिको प्रस्तुतिमा फिल्म बनेको हो। यसको निर्माता ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त हुन्। कार्यकारी निर्माता प्रवीण भट्टराई, करण सिंह छन् भने सह–निर्माता मञ्जु भण्डारी, राजु पराजुली, सुमित ओली हुन्।

फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ।

Skip This
Skip This
Logo