निर्वाचन कसूर तथा विवाद निरुपण कार्यविधि बन्दै

निर्वाचन कसूर तथा विवाद निरुपण कार्यविधि बन्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

निर्वाचन आयोगले निर्वाचन प्रक्रियामा आइपर्ने विवाद समाधान गर्न निर्वाचन कसूर तथा विवाद निरुपण कार्यविधिलाई अन्तिम रुप दिने तयारी अघि बढाएको छ ।

बिगतका बर्षमा सम्पन्न निर्वाचनमा सामना गर्नु परेका विभिन्न विवाद, द्वन्द्वको अनुभव मध्यनजर गर्दै आयोगले सो कार्यविधि तयार गरेको हो ।

संविधानतः स्थानीय तह, प्रदेश सभा सदस्य, प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य, राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन गराउने जिम्मेवारी आयोगलाई दिएको छ । ती सबै निर्वाचनको क्रममा उत्पन्न हुने विवाद निरुपणको सुनवाई प्रक्रियामा एकरुपता कायम गर्न सो कार्यविधि तयार गरिएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एउटै प्रवृत्तिका विवाद समाधानका लागि फरकफरक ठाउँमा फरकफरक विधि तथा प्रक्रिया अपनाइएको देखिएकाले एकरूपता ल्याउन कार्यविधि तयार गरिएको बताउनुभयो ।

विवाद निरुपणको सुनवाई प्रक्रियामा एकरुपता, पहुँच स्थापित, पारदर्शीता र विश्वसनीयताका लागि कार्यविधि तर्जुमा गरिएको उहाँले दावी गर्नुभयो ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo