आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै

आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै

केन्द्रबिन्दु
36
Shares

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ।

नगरपालिकाका नौवटै वडामा पाँच/पाँच किलोमिटरका दरले सडक स्तरोन्नति गर्न थालेको हो। पहिलोचरणमा वडा नं ४ को मालुवेलाबाट काम सुरु भएको छ। नगरपालिकामा उपलब्ध टिपर, लोडर, ट्र्याक्टर, रोलर प्रयोग गरी सडक स्तरोन्नति प्रारम्भ भएको नगर प्रमुख हेमराज ओझाले बताए।

सडक स्तरोन्नतिका लागि रु ५० लाख बजेट विनियोजन भएको छ। “उपभोक्ता समितिमार्फत एक किलोमिटर सडक स्तरोन्नति गर्न रु १० लाख खर्च हुने देखियो”, नगर प्रमुख ओझाले भने। नगरपालिकाले आफ्नै साधन स्रोत प्रयोग गरी सडक स्तरोन्नति गर्दा नगरवासीले अपनत्व ग्रहण गरेका छन्।

गत वर्ष नगरपालिकाले २५ किलोमिटर सडक स्तरोन्नतिको गरेको थियो। चालु आवमा सङ्घ र प्रदेश सरकारबाट प्राप्त रु १२ करोडको लागत साझेदारीमा नगरपालिका क्षेत्रमा सडक कालोपत्र भइरहेको छ।

Skip This
Skip This
Logo