काठमाडौं । नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्सपो २०२५ र मेक इन नेपाल एक्स्पो २०८१ आजदेखि भृकुटीमण्डपमा सञ्चालनमा आएको छ । ‘फर्म टु फाईवर, फाईवर टु फेसन’ भन्ने उदेश्यले नेपाल पश्मिना एक्सपो र नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्यले मेक इन नेपाल एक्स्पो संयुक्त रुपमा आयोजना भएको हो ।
१२ गतेसम्म चल्ने उक्त एक्सपोमा नेपाली उत्पादन पश्मिनाको गलबन्दी, सल, कोट, टोपी, ब्लाङ्केट जस्ता ४ हजार देखि ३२ हजार रुपैयाँसम्म पर्ने सामग्री प्रदर्शनीमा राखिएको छ । त्यसैगरी नेपाली उत्पादन बिस्कुट, कुकिज, कप केक जस्ता खाने कुरा पनि राखिएका छन् । उक्त एक्सपोमा १५० वटा भन्दा बढी स्टलहरु राखिएका छन् ।





















































प्रतिक्रिया