पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्षमा लोकराज भुसालको बलियो उम्मेदवारी, यी हुन् एजेण्डा

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्षमा लोकराज भुसालको बलियो उम्मेदवारी, यी हुन् एजेण्डा

केन्द्रबिन्दु
249
Shares

काठमाडौं । लोकराज भुसाल पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को ‘ऐतिहासिक प्रथम निर्वाचन २०८१’ मा होमिँदैछन् । उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । उनी नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला)का संस्थापक एवं पूर्व अध्यक्षसमेत हुन् ।

भुसाल नेभ्लामा २०४७ सालदेखि निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । हाल उनी नेभ्लाका सल्लाहकार पनि हुन् । पेशाकर्मीहरूको ३५ वर्षको निरन्तर प्रयास र योगदानबाट, २०७९ मा संसदबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषद ऐन लागू भएको छ। यसैको आधारमा परिषद गठन भई यसको प्रभावकारी कार्यान्वयनका लागि तदर्थ समितिमा सदस्यको रूपमा जिम्मेवारी निभाएको उनको भनाई छ ।

पशुसेवाको क्षेत्रको समग्र विकास र संमृद्धिको महान उदेश्य पूरा गर्ने यात्रामा यस परिषद्का निर्धारित कार्य जिम्मेवारीहरुको प्रभावकारी कार्यन्वयनमा समर्पित रहने उनको प्रतिबद्धता छ । परिषद्को निर्वाचन यही माघ १८ गते हुँदैछ ।

त्यसका लागि उनले आफ्ना एजेण्डा पनि सार्वजनिक गरेका छन्, ती यसप्रकार छन् ।

१. पेशागत मर्यादा, दक्षता, र सामाजिक सुरक्षाको सुनिश्चितता।

२. पशुपन्छी तथा मत्स्य क्षेत्रको दिगो विकास र आर्थिक समृद्धि।

३. प्राविधिक क्षमता विकासमार्फत गुणस्तरीय र जवाफदेही सेवा प्रवाह।

४. सरोकारवालाबीच सहयोग र सहकार्यद्वारा मैत्रीपूर्ण वातावरणको सिर्जना।

५.काउन्सिललाई अन्तर्राष्ट्रिय मन्च मान्यताको निम्ति ।

Skip This
Skip This
Logo