नेपाल प्रहरीका १८ एसएसपीको सरुवा, को कहाँ पुगे ?[सूचिसहित]

नेपाल प्रहरीका १८ एसएसपीको सरुवा, को कहाँ पुगे ?[सूचिसहित]

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।

शुक्रबार प्रहरी महानिरीक्षक बसन्त कुँवरले विभिन्न जिम्मेवारीमा रहेका १७ जना एसपीको सरूवा गरेका हुन्। सरूवा हुँदा चितवनमा तीन महिनामै प्रहरी प्रमुख फेरिएका छन्। चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिएर उनको ठाउँमा कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत राजन लिम्बूलाई पठाइएको छ।

पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेललाई प्रहरी प्रधान कार्यालय सरूवा गरिएको छ।

गत कात्तिकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि चितवनमा उनका समर्थकहरूले प्रदर्शन गरेका थिए। त्यतिबेला रास्वपा कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर नारायणी किनारमा दाहासंस्कार गरेका थिए।

सो घटनामा सुरक्षा निकायको कमजोरी देखिएको भन्दै चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी भावेश रिमाललाई सरूवा गरिएको थियो। उनको स्थानमा प्रहरी प्रधान कार्यालयले मानव वेचविखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी गौतम मिश्रलाई चितवन प्रमुखमा काज खटाएको थियो। काज खटाइएको तीन महिनामै उनको सरूवा भएको हो।

चितवनसँगै इलाम, पर्सा, बारा, सिन्धुपाल्चोक, नुवाकोटको प्रहरी प्रमुख फेरिएका छन्।

Skip This
Skip This
Logo