हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार

हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बु

सोताङ गाउँपालिबाट एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सो गाउँपालिका वडा नं ३ की डोमा राईको विहिबार हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

लामो समयदेखि प्रसव बेथा लागेकी राईलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको छ । डोमाले शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया गरी छोरालाई जन्म दिनुभएको छिमेकी भद्रगोल किराँतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गर्भवती महिलालाई बिहान ११ बजे उद्धार गरिएको हो । दुई दिनसम्म प्रसव बेथा लागेर प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डाक्टरले सुत्केरी गराउन गरिएको प्रयास सफल नभएपछि पठाइएको बताइएको छ ।

गत मङ्सिर २० गते सोताङ गाउँपालिका तीनकै गर्भवती महिला पार्वती बस्नेतको समेत उद्धार गरिएको थियो । घरआँगन नामक संस्थाका अध्यक्ष दीपक सिलवालका अनुसार विभिन्न जिल्लाका सात जना गर्भवती महिलालाई उद्धार गरिसकिएको छ ।
रासस

Skip This
Skip This
Logo