काठमाडौँ
प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिबाट अस्विकृत भएर पनि न्यायाधीशको काम गरिरहेका दिपकराज जोशीलाई बिहीवारदेखि संवैधानिक इजलास र मेलमिलाप परिषदबाट हटाइएको छ । नयाँ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधवारदेखि जोशीलाई मुद्दामा पेशी तोकेका छैनन् ।
न्यायपरिषद्को बिहीवारको बैठकले संवैधानिक इजलासमा रहेका न्यायाधीशहरुको हेरफेर गरेको छ । प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलास रहने निर्णय गरेको छ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश रहने व्यवस्था छ । यसअघि संवैधानिक इजलासमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशी पनि थिए । नवनियुक्त प्रधानन्यायाधीश राणाले बुधबारदेखि नै जोशीलाई मुद्दामा पेशी तोकेका छैनन् भने बिहीवारदेखि संवैधानिक इजलासको जिम्मेवारीबाट समेत मुक्त गरिएको छ ।
प्रधानन्यायाधीशद्वारा काठमाडौँ अदालतको सूक्ष्म निगरानी
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालतको सूक्ष्म निगरानी गर्ने क्रममा विहिबार काठमाडौँ जिल्ला अदालतको निगरानी गरेका छन् ।
राणाले आफ्नो सुनुवाइ तथा पदभार ग्रहण गर्ने क्रममा आफूले सबै अदालतको सूक्ष्म अनुगमन, निगरानी र गुनासामाथि जाँचबुझ समिति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे अनुसार विहिबार देखि नै अदालतको निगरानी शुरु गरेका हुन् । न्यायलयलाई भ्रष्टाचार र विचौलियाबाट मुक्त बनाउने राणाले बताएका छन् ।
रासस































प्रतिक्रिया