‘इन्जिनियरिङपछि के गर्ने ?’ विशेषज्ञहरूसँग प्रत्यक्ष छलफलको अवसर

‘इन्जिनियरिङपछि के गर्ने ?’ विशेषज्ञहरूसँग प्रत्यक्ष छलफलको अवसर

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । चर्चित शैक्षिक परामर्शदाता ओली एण्ड एसोसिएट्स नेपालले इन्जिनियरिङ अध्ययनपछि आफ्नो करियरलाई नयाँ उचाईमा कसरी पुर्‍याउने भन्ने विषयमा मार्गदर्शन दिन एक विशेष सूचना सत्रकाे आयोजना गरेको छ ।

इन्जिनियरको कथा कार्यक्रमसँगकाे सहकार्यमा यही माघ १५ गते बुधबार हुने ‘ह्वाट आफ्टर इन्जिनियरिङ ?’ नामक यस कार्यक्रमले इन्जिनियरिङ सम्बन्धी करियरका विविध सम्भावनाहरूको खोजी गर्न सहयोग पुर्‍याउने अपेक्षा राखिएकाे छ । कार्यक्रम बिहान ११ देखि १२ः३० सम्म काठमाडौंको पुतलीसडकस्थित स्टारमलको तेस्रो तलामा हुनेछ।

यस अवसरमा अनुभवी वक्ताहरूले आफ्नो ज्ञान र अनुभव प्रस्तुत गर्नेछन् । जसमा वरिष्ठ करियर परामर्शदाता एवं ओली एण्ड एसोसिएट्स नेपालका कन्ट्री हेड सुदर्शन शर्मा, आर एन्डडी, तालिम तथा जनसम्बन्ध व्यवस्थापक हरिहर श्रेष्ठ र सिभिल इन्जिनियर एवं इन्जिनियरको कथा इन्जिनियरको ब्यथा अरुलाई के थाका संस्थापक राजकुमार अधिकारी छन् ।

कार्यक्रममा विशेषगरी इन्जिनियरिङ करियरका वैकल्पिक र प्रगतिशील मार्गहरू, विदेशमा उपलब्ध अवसरहरूको खोजी र इन्जिनियरिङ सम्बन्धी मास्टर्स कार्यक्रम अध्ययनका विकल्पहरूबारेमा छलफल हुनेछ ।

यस कार्यक्रमले नेपालका इन्जिनियरिङ विद्यार्थी र युवा इन्जिनियरहरूलाई आफ्नो भविष्यको स्पष्ट मार्ग पहिल्याउन सहयोग पुर्‍याउने विश्वास लिइएको छ । साथै वर्तमान समयमा इन्जिनियरिङ क्षेत्रमा देखिएका विभिन्न चुनौतीहरूसँग जुध्दै, विश्वव्यापी अवसरहरूको खोजी गर्न र नयाँ सम्भावनाहरूको ढोका खोल्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने छ।

आयोजक ओली एण्ड एसोसिएट्स नेपालका प्रतिनिधिहरूका अनुसार ‘यो कार्यक्रमले इन्जिनियरिङ विद्यार्थी र युवा व्यवसायीहरूलाई सही करियर मार्ग पहिल्याउन सहयोग पुर्‍याउनेछ। यसले उनीहरूलाई अध्ययन र कामका लागि विश्वव्यापी अवसरहरूको खोजी गर्न प्रेरित गर्नेछ।’

कार्यक्रममा सहभागी हुन इच्छुकहरूले https://forms.gle/6zywYnfmNd7DM4it7 लिंकमा गएर दर्ता गर्न सक्नेछन्।

ओली एण्ड एसोसिएट्स एक अग्रणी शिक्षा परामर्शदाता हो। नेपालमा विदेशी शिक्षा प्रवर्द्धन गर्ने पहिलो परामर्शदाता ओली एण्ड एसोसिएट्सले अष्ट्रेलियाका शीर्ष विश्वविद्यालय र कलेजहरूमा शिक्षा परामर्शको यात्रा सुरु गरेको छ । पछिल्लाेसमय कम्पनीले अष्ट्रेलियाका अलावा क्यानडा, बेलायत, न्यूजिल्याण्ड र संयुक्त राज्य अमेरिका लगायत विश्वका विभिन्न देशहरूमा आफ्नो सेवाहरू सुरु गरेको छ ।

Skip This
Skip This
Logo