भारतीय कन्टेनरमा २३५ किलो चरेस, २ भारतीय नागरिक पक्राउ

भारतीय कन्टेनरमा २३५ किलो चरेस, २ भारतीय नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

धादिङ । बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले २३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित २ भारतीयलाई पक्राउ गरेको छ ।

धादिङको गजुरीबजार नजिकैबाट आज बिहान काठामाडौंबाट भारततर्फ कन्टेनर ट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित एकानिघौली टीकापुरग्राम निवासी ३० वर्षीय सतेन्द्र सिंह बेघल र पटेवा सुगौलीका ५० वर्षीय महमद गद्दी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गजुरी र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिआएका प्रहरीले लागुऔषध पक्राउ गरेको हो ।

एचआर ३ एसएस ९३७१ नं.को कन्टेनरमा लुकाई छिपाई चरेस लोड गरेको सुराकी आएपछि ब्यूरोका टोलीले पिछा गर्दै गजुरी बजार नजिकै जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय गजुरीको सहयोगले उनीहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ गरेको लागुऔषध चरेस वर्षकै सबैभन्दा धेरै परिमाणको भएको पनि प्रहरीले जनाएको छ । रासस

Skip This
Skip This
Logo