काठमाडौंको तापक्रम विस्तारै घट्दा तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र शीतलहर

काठमाडौंको तापक्रम विस्तारै घट्दा तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र शीतलहर

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ । तराईमा बाक्लो कुहिरो लागेका कारण पूर्व पश्चिम राजमार्गमा गुड्ने सवारी साधनहरुलाई कम भिजिविलिटीका कारण आवागमन मै समस्या परेको छ ।

त्यस्तै आज दिउँसो भने कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आज राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसका साथै तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Logo