तिब्बतसँग जोडिएको मनमोहक थुमन गाँउ[तस्विरमा हेर्नुहोस्]

तिब्बतसँग जोडिएको मनमोहक थुमन गाँउ[तस्विरमा हेर्नुहोस्]

केन्द्रबिन्दु
21
Shares

रसुवा। रसुवाको थुमन गाउँ एउटा तामाङ बस्ती भएको गाउँ हो। चीनको तिब्बतसँग जोडिएको गाउँमा तामाङ समुदायले विशुद्ध मातृभाषा बोलिन्छ। यस गाउँको विशेषता नै आफ्नै भाषा‚ संस्कृति र भेषभूषा हुन्।

थुमनमा भूकम्प अघि परम्परागत शैलीका घरहरू थिए । पर्यटकका लागि आकर्षण थुमनमा अहिले मोटरबाटो पुगेपछि पर्यटकका लागि सहज भएको स्थानीय बताउँछन् ।

थुमन गाउँको मुख्य उद्देश्य भनेको आफ्नो परम्परा सांस्कृतिक जोगाउनु हो भने कुण्डभित्रको जल देवताको पूजा गर्नु हो। यस गाउँको जनजीवन एवं विभिन्न स्थान धार्मिक सामाजिक सांस्कृतिक‚ ऐतिहासिक र पुरातात्त्विक दृष्टिकोणले महत्त्वपूर्ण छ । थुमन गइसकेपछि घुम्नुपर्ने अर्को ठाउँ नागथली हो । थुमनबाट करिब ४ घण्टाको उकालो चढेपछि पुग्न सकिन्छ। यस ठाउँबाट चारैतिर गगनचुम्बी हिमालै हिमाल देखिन्छ।

गाउँलेहरू बर्सेनि सामूहिक रूपमा नागथली गुम्बामा पूजा समेत गर्छन् । जनविश्वास अनुसार उहिले गुरु रेम्बोर्छे यस भेगमा तपस्या गर्न आएका थिए । त्यति बेला गुरु रेम्पोर्छे आफैले पनि एउटा गुम्बा बनाएका थिए ।

Skip This
Skip This
Logo