प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पद तथा गोपनीयताको सपथ लिएका छन्। शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ खुवाएकी हुन्।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालगायत उच्च पदस्थव्यक्तित्वहरु सहभागी थिए । सपथ लगतै नवनियुक्त प्रधानन्यायाधीश जबरा कार्यभार सम्हाल्न सर्वोच्च पुगेका छन्।
जबराले तीन वर्ष ११ महिना प्रधानन्यायाधीशको रूपमा काम गर्नेछन्।
संसदीय सुनुवाइका क्रममा मंगलबार राणाले आफू प्रधानन्यायाधीश भएमा समितिको निर्णयको सम्मान गर्ने बताएका थिए । सुनुवाईका क्रममा राणाले आफ्नो १५ पेज लामो कार्ययोजना सुनाएका थिए ।
विसं २०१४ मङ्सिर २८ गते काठमाडौँको कालिकास्थानमा जबराको जन्म भएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेका राणाले विसं २०३६ मङ्सिर ६ गतेदेखि अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी विसं २०५२ चैतसम्म कानून व्यवसायीका रुपमा काम ग रेका थिए ।
न्यायपरिषद्को सिफारिशमा विसं २०५३ वैशाखदेखि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशका रुपमा काम शुरु गरेका राणाले विसं २०५२ चैतमा अतिरिक्त न्यायाधीशको नियुक्ति लिएर विसं २०६१ चैत ३० स्थायी न्यायाधीशका रुपमा पुनरावेदन अदालतमा र विसं २०६५ असोज ७ गतेदखि विशेष अदालतमा काम गरे । त्यसक्रममा पुनरावेदन अदालत दीपायल, राजविराज, बुटवलमा कायममुकायम मुख्य न्यायाधीशको काम गर्ने अवसर पाएका थिए ।
विसं २०७१ जेठ १३ गते सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका रुपमा नियुक्त भएका थिए ।





























प्रतिक्रिया