एचपिभी खोप अभियानका लागि मनिषा कोइराला सद्भावना दूत घोषणा

एचपिभी खोप अभियानका लागि मनिषा कोइराला सद्भावना दूत घोषणा

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । राष्ट्रिय खोप कार्यक्रम तथा एच.पि.भी खोप अभियानका लागि नायिका मनिषा कोइरालालाई सद्भावना दूत घोषणा गरिएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै कोइरालालाई सद्भावना दूत घोषणा गरिएको हो । सोही क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालका महिलाहरु सबैभन्दा बढि पाठेघरको क्यान्सरले प्रभावित भएको भन्दै भावि पुस्तालाई यो समस्याबाट मुक्त बनाउनको लागि एच.पि.भी खोप उपलब्ध गराउने र देशव्यापी अभियानका रुपमा अगाडि लैजाने उद्देश्यले कार्यक्रमको सुरुवात गरेको बताए ।

उनले भने, ‘हामीले नेपाललाई सबै खाले क्यानसर मुक्त बनाउने अभियान कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर काम गरिरहेका छौं । उपचारको क्षेत्रमा मात्र होइन रोकथामको क्षेत्रमा पनि काम गर्न जरुरी छ । नेपालका महिलाहरु सबैभन्दा बढि पाठेघरको क्यान्सरले प्रभावित भएको देखिन्छ । हाम्रो भावि पुस्ता यो समस्याबाट मुक्त होस भनेर हामीले एच.पि.भी खोप उपलब्ध गराउने र देशव्यापी अभियानका रुपमा यसलाई अगाडि लानको लागि यो कार्यक्रमको सुरुवात गरेका हौं ।’

यसको साथै, उनले नेपालमा ६ कक्षा देखि १० कक्षासम्ममा अध्ययनरत १६ लाख १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो खोप उपलब्ध गराउन लागेको पनि बताए ।

यस्तै, नायिका कोइरालाले पनि आफै पनि क्यान्सरबाट निको भएको भन्दै क्यान्सरको रोकथाम गरेर ज्यान बचाउन सक्यौ भने एकदमै ठूलो काम हुने बताइन् ।

उनले भनिन्, ‘खोप किन आवश्यक हुन्छ र यसबाट के फाइदा हुन्छ भनेर भन्नको लागि म यसमा जोडिएको छु । किनभने म आफै पनि क्यान्सरबाट निको भएर आएको मान्छे हो । त्यसकारण स्वास्थ्य कति महत्वपूर्ण छ भन्ने कुरा मलाई थाहा छ । हामीले क्यान्सरको रोकथाम गरेर ज्यान बचाउन सक्यौं भने यो एकदमै ठूलो कुरा हो ।’

Skip This
Skip This
Logo