काठमाडौं । अस्ट्रेलियाका चर्चित ब्याट्सम्यान स्टिभ स्मिथले टेस्ट क्रिकेट फम्यार्टमा १० हजार रन पूरा गरेका छन्।
श्रीलङ्काविरुद्धको खेलमा एक रन बनाएसँगै उनले १० हजार रन पूरा गरेका हुन्। यसअघि उनी भारतविरुद्धको खेलमा ९ हजार ९९९ रनमा रोकिएका थिए। बुधबार श्रीलङ्काका जयसूर्याको बलमा एक रन बनाउँदै स्मिथले १० हजार रन पूरा गरेका हुन् । उनी शतक बनाएर अपराजित छन् ।
यस क्रममा स्मिथले भारतीय महान् क्रिकेटर सचिन तेन्दुलकरको २० वर्ष पुरानो कीर्तिमान पनि तोडेका छन्।
सचिनले सन् २००५ मा पाकिस्तानविरुद्ध आफ्नो १२२औं टेस्ट खेल खेल्दै १० हजार रन पूरा गरेका थिए। तर सचिनको सोही रेकर्ड स्मिथले ११५औं टेस्ट खेल खेल्दै नयाँ रेकर्ड आफ्नो नाममा लेखाएका हुन् । यस क्रममा स्मिथले सन् २०१२ मा आफ्नो ११५औं खेलमा १० हजार टेस्ट रन पूरा गरेका श्रीलङ्काका कुमार सङ्गकारासँगको रेकर्ड पनि बराबरी गरेका छन्। यस्तै, स्मिथ टेस्टमा १० हजार रन बनाउने १५औं ब्याट्सम्यान पनि बनेका छन् । सन् १९८७ मा यो उपलब्धि हासिल गर्ने भारतीय खेलाडी सुनिल गावस्कर विश्वकै पहिलो ब्याट्सम्यान हुन् ।
यसका साथैं स्टिभ स्मिथ टेस्ट क्रिकेटमा १० हजार रन पूरा गर्ने विश्वको १५औं तथा अस्ट्रेलियाका चौथो ब्याटर बनेका छन् । टेस्ट क्रिकेटमा यसअघि भारतका सचिन तेन्दुलकर, अस्ट्रेलियाका रिकी पोन्टिङ, दक्षिण अफ्रिकाका ज्याक कालिस, भारतका राहुल द्रभिड, इङ्गल्यान्डका जोए रुट, इङ्गल्यान्डका एलेस्टर कुक, श्रीलङ्काका कुमार साङ्गाकारा, वेस्ट इन्डिजका ब्रायन लारा, वेस्ट इन्डिजकै शिभनरायन चन्दरपल, श्रीलङ्काका माहिला जयवद्र्धने, अस्ट्रेलियाका अलान बोर्डर, अस्ट्रेलियाकै स्टिभ वाग, भारतका सुनिल गाभस्कर र पाकिस्तानका युनिस खानले १० हजार रन पूरा गरेका थिए । स्मिथले सन् २०१० मा पाकिस्तानसँगको खेलमा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए ।































प्रतिक्रिया