ललितपुर महानगरको १३, १४ र २५ लाई जोड्ने पुल उद्घाटन

ललितपुर महानगरको १३, १४ र २५ लाई जोड्ने पुल उद्घाटन

केन्द्रबिन्दु
30
Shares

ललितपुर । ललितपुर महानगरपालिकाले निर्माण गरेको वडा नं १३, १४ र २५ लाई जोड्ने पक्की पुल निर्माण गरेको छ ।

शुक्रबार सवारीसाधन सञ्चालन गर्न मिल्ने नख्खु खोलामा बनेको उक्त पक्की पुलको उद्घाटन महानगर प्रमुख चिरीबाबु महर्जनले गरेका हुन् । महानगर प्रमुख महर्जनले पुल निर्माण पश्चात सो भेगको सम्पूर्ण नगरबासिहरुलाई धेरै सुविधा पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने,‘यो पुल निर्माण पश्चात यस भेगको सम्पूर्ण नगरबासीहरुलाई धेरै सुविधा पुग्ने छ । पक्कै पनि यो पुल निर्माणले तपाईंहरुको दिनचर्यामा सुधार हुने छ । सहजीकरण हुनेछ ।’

त्यस्तै, उनले आफूलाई पहिला देखि नै यहाँ एउटा पुल भइदिएको भए यो जात्रा पर्व लगायत धेरै कुरामा सहजिकरण हुन्थ्यो भन्ने हेक्का भएको भन्दै अन्ततः पुल निर्माण हुँदा खुसी लागेको बताए ।

उनले भने,‘मलाई पहिला देखि नै हेक्काचाँही भएको थियो पहिला नै, यहाँ एउटा पुल भइदिएको भए यो जात्रा पर्व लगायत धेरै कुरामा सहजिकरण हुन्थ्यो भन्ने थियो । अन्तत पुल बन्यो । अब महानगरलाई सम्पदाको सहर सांस्कृतिक सहर जसरी भन्ने गर्दथ्यौं त्यो कुरामा पनि सहजिकरण अर्थात राम्रो पार्नको निमित्त यो पुलले धेरै सहयोग गर्नेछ ।’

Skip This
Skip This
Logo